परिवर्तन एक अभियान

इटहरी–७, सुनसरी, नेपाल

सदस्यता नियमावली

१. सदस्यता सम्बन्धी व्यवस्था

  1. संस्थाको उद्देश्य, नीति, कार्यक्रम र विधान स्वीकार गर्ने व्यक्तिले सदस्यता लिन सक्नेछ।
  2. सदस्यता प्राप्त गर्न तोकिएको आवेदन फाराम पूर्ण रूपमा भर्नुपर्नेछ।
  3. सदस्यता स्वीकृत गर्ने वा अस्वीकृत गर्ने अधिकार संस्थाको कार्यसमिति/प्रशासनमा रहनेछ।
  4. गलत विवरण पेश गरेको पाइएमा सदस्यता रद्द गर्न सकिनेछ।

२. सदस्यता प्रकार र शुल्क

सदस्यता प्रकार शुल्क विवरण
साधारण सदस्य रु. ५०० सामान्य सदस्यता
आजीवन सदस्य रु. १,००० दीर्घकालीन सदस्यता
आमन्त्रित सदस्य रु. ५०० संस्थाको आमन्त्रणमा प्रदान गरिने सदस्यता
बिसेष सदस्य रु. ५,००० विशेष योगदान/भूमिकाका आधारमा प्रदान गरिने सदस्यता
मानार्थ सदस्य रु. १०,००० विशिष्ट योगदान वा सम्मान स्वरूप प्रदान गरिने सदस्यता

३. सदस्यको अधिकार

  1. संस्थाका कार्यक्रम, बैठक तथा गतिविधिमा सहभागी हुन पाउने।
  2. संस्थाबाट जारी सूचना, कार्यक्रम र सेवाबारे जानकारी पाउने।
  3. नियम अनुसार सदस्यता कार्ड तथा प्रमाणपत्र प्राप्त गर्ने।
  4. संस्थाको हितमा सुझाव, सल्लाह र प्रस्ताव पेश गर्न पाउने।

४. सदस्यको कर्तव्य

  1. संस्थाको विधान, नियमावली र आचारसंहिता पालना गर्नुपर्ने।
  2. संस्थाको नाम, लोगो, छाप, कार्ड वा सदस्य नम्बरको दुरुपयोग गर्न नहुने।
  3. संस्थाको प्रतिष्ठामा आँच आउने कुनै गतिविधि गर्न नहुने।
  4. सदस्यता तथा नवीकरण शुल्क समयमै बुझाउनुपर्ने।
  5. आफ्नो विवरण परिवर्तन भएमा संस्थालाई जानकारी गराउनुपर्ने।

५. सदस्यता नवीकरण

  1. सदस्यता अवधि समाप्त हुनु अघि नवीकरण गर्नुपर्नेछ।
  2. म्याद समाप्त भएपछि तोकिएको अवधिभित्र नवीकरण नगरे सदस्यता निष्क्रिय हुन सक्नेछ।
  3. नवीकरण सम्बन्धी शुल्क र प्रक्रिया संस्थाले तोकेको नियम अनुसार हुनेछ।

६. सदस्यता निलम्बन वा खारेजी

  1. गलत विवरण दिएको प्रमाणित भएमा सदस्यता खारेज हुन सक्नेछ।
  2. संस्थाविरुद्ध गतिविधि गरेमा सदस्यता निलम्बन वा खारेज हुन सक्नेछ।
  3. कानुन विपरीत वा अनुशासन विपरीत काम गरेमा कार्यसमितिले आवश्यक निर्णय लिन सक्नेछ।
  4. संस्थाको सम्पत्ति, कागजात, लोगो वा डिजिटल प्रणालीको दुरुपयोग गर्न पाइने छैन।

७. गोपनीयता तथा विवरण प्रयोग

  1. सदस्यले उपलब्ध गराएको विवरण संस्थाको अभिलेख, सूचना, सम्पर्क र सदस्यता व्यवस्थापनका लागि प्रयोग गरिनेछ।
  2. सदस्यको व्यक्तिगत विवरण अनावश्यक रूपमा तेस्रो पक्षलाई उपलब्ध गराइने छैन।
  3. QR Verification का लागि आवश्यक न्यूनतम विवरण मात्र सार्वजनिक रूपमा देखाइनेछ।
नोट: संस्थाले आवश्यकता अनुसार यो नियमावली संशोधन, परिमार्जन वा थपघट गर्न सक्नेछ।