इटहरी / सुनसरी। २०८२ जेठ २३ गते । परिवर्तन एक अभियानको आयोजनामा, इटहरी उपमहानगरपालिका–७ वडा कार्यालयको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय इटहरीको संयोजनमा लागूऔषध दुर्व्यसन तथा कृत्रिम बौद्धिकता (AI) सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सेक्रेड हार्ट इङ्लिस स्कूल, इटहरी–७ मा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा करिब २०० जना विद्यार्थी, शिक्षक तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। प्रशिक्षणको उद्देश्य युवाहरूमाझ लागूऔषधको दुष्प्रभावबारे जानकारी गराउनुका साथै आधुनिक प्रविधि एआईको प्रयोग र यसको प्रभावबारे सचेत गराउनु रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी–७ का वडा अध्यक्ष देव नारायण चौधरी, विशेष अतिथिका रूपमा वडा सदस्यहरू दिपक घिमिरे, राधा आचार्य, साथै लक्ष्मी मा.वि.का प्राचार्य प्रभु नारायण चौधरी तथा सेक्रेड हार्ट इङ्लिस स्कूलका प्रिन्सिपल डिक ब. तामांग र सहायक प्रिन्सिपल अग्नि न्यौपाने, ए आई प्रसिक्षक लिलाराज भट्टराई लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Your Views
Related News







