इटहरी। सुनसरी। २०८२ जेठ २२ गते। सामाजिक रूपान्तरण र समावेशी परिवर्तनको उद्देश्यका साथ स्थापना गरिएको “परिवर्तन एक अभियान”ले आफ्नो दोस्रो वार्षिक उत्सव विभिन्न जनकल्याणकारी कार्यक्रमहरू गर्दै भब्य रुपमा सम्पन्न गरेको छ।
उक्त अवसरमा आयोजित कार्यक्रमहरू अन्तर्गत जित महान मन्दिरको सरसफाइ, लक्ष्मी माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण, तथा जितमहान र राम जानकी मन्दिरमा मन्दिर व्यवस्थापन समितिलाई एक-एक थान फलामको फलैंचा हस्तान्तरण गरिएको छ। यस्ता क्रियाकलापहरू अभियानको समाजसेवी चरित्र र वातावरणमैत्री दृष्टिकोणको प्रतीकका रूपमा हेरिएको छ।

त्यस्तै, जातीय छुवाछुत उन्मूलनमा महत्वपूर्ण योगदान दिने १२ जना अग्रज व्यक्तित्वहरूलाई सम्मान गरियो। उनीहरूको योगदानलाई कदर गर्दै अभियानले समाजमा समावेशीता र समानताको सन्देश फैलाउने प्रयास गरेको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री देव नारायण चौधरी हुनु हुन्थ्यो भने बिशिस्ट अतिथि, पुर्व वडा अध्यक्ष शिव नारायण भण्डारी, वडा सदस्यहरू नेत्र गुरागाईं, दीपक घिमिरे, लक्ष्मी मा.वि. का प्रधानाध्यापक प्रभु नारायण चौधरी, तथा सेक्रेट हार्ट इंग्लिस स्कुलका प्रिन्सिपल डिक ब. तामाङ, परिवर्तन एक अभियान”**का उपाध्यक्ष संजय शर्मा, रमा कोइराला, सचिव इन्दिरा गिरि, सह सचिव दिनेस गुरागाईं, प्रवत श्रेष्ठ, कोषध्यक्ष अच्युत चापागाई लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष श्री देव नारायण चौधरीले “परिवर्तन एक अभियान” द्वारा सञ्चालन गरिएका सामाजिक क्रियाकलापको प्रशंसा गर्दै भन्नुभयो: “समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि यस्ता अभियानहरू अत्यन्त आवश्यक छन्। सरसफाइ, वृक्षारोपण, धार्मिक स्थलहरूको संरक्षण तथा सामाजिक विभेद अन्त्य गर्न गरिएको पहल सराहनीय छ। ‘परिवर्तन एक अभियान’ले समाजमा चेतना जगाउने, सहकार्य र समावेशीताको भावना फैलाउने काम गरेको छ। वडा कार्यालयको तर्फबाट यस्ता प्रयासमा आवश्यक सहयोग र सहकार्य सधैं रहनेछ।”

परिवर्तन एक अभियान”**का अध्यक्ष श्री तेज प्रसाद घिमिरे (निश्चल) ले कार्यक्रमको समापन सत्रमा बोल्दै अभियानको उद्देश्य, हालसम्मका उपलब्धिहरू, र आगामी योजनाबारे स्पष्ट धारणा राख्नुभयो। उहाँले भन्नुभयो: “दुई वर्षअघि सुरु गरिएको यो अभियान सामाजिक रूपान्तरण, समानता र सचेतनाको लागि समर्पित छ। हामीले जातीय छुवाछुतविरुद्धको अभियान, सरसफाइ, वृक्षारोपण, र धार्मिक स्थलहरूको संरक्षण मार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउने प्रयास गरेका छौं।”
उहाँले थप भन्नुभयो: “आजको कार्यक्रममा सहभागिता जनाउनु भएका सबै अतिथि, स्वयंसेवक, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दालाई धन्यवाद दिन चाहन्छु। तपाईंहरूको साथ, समर्थन र सुझावले नै अभियानलाई निरन्तर अघि बढाउने प्रेरणा मिलेको छ। आगामी दिनमा अझ बढी व्यवस्थित र परिणाममुखी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता गर्दछु।”
कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक जागरण र सद्भावको भावना बलियो बनाउन टेवा पुर्याएको सहभागीहरूको भनाइ थियो।
“परिवर्तन एक अभियान”ले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यहरू गर्दै समाज परिवर्तनको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै वडा कार्यालयको सहयोगमा भोलि जेठ २३ गते दिउँसो १ बजे देखि इटहरी ७ स्थित सेक्रेड हार्ट इङ्लिस स्कुलमा लागु औषध दुर्व्यसनी सम्बन्धी जनचेतना तथा परिवर्तित युगमा ए आइ को प्रयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम रहेकोले सहभागी हुन् सम्पूर्ण वडावासी आमा बुबा, दाजु भई तथा दिदि बहिहरुलाई परिवर्तन एक अभियानका प्रचार विभाग प्रमुख सुवास घिमिरेले आग्रह गर्नु भयो।







