असार १५ तथा राष्ट्रिय धान दिवस विशेष कार्यक्रम – Pariwartan
⚖ सामाजिक सेवा • सकारात्मक सोच, सामाजिक परिवर्तनको आधार
📞 +977-9808201348 | [email protected]

असार १५ तथा राष्ट्रिय धान दिवस विशेष कार्यक्रम

June 27, 2026 admin 2409 Views

आदरणीय सदस्यज्यूहरू,

परिवर्तन एक अभियानद्वारा कृषिको महत्व, किसानको सम्मान तथा कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले “असार १५ तथा राष्ट्रिय धान दिवस” विशेष कार्यक्रम आयोजना गरिएको छ।

उक्त कार्यक्रममा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता तथा उपस्थितिले कार्यक्रमलाई अझ प्रभावकारी, उत्साहजनक र सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। त्यसैले सम्पूर्ण सदस्यहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।

कार्यक्रम: असार १५ तथा राष्ट्रिय धान दिवस विशेष कार्यक्रम
मिति: २०८३ साल असार १५ गते
समय: बिहान ७:०० बजे
स्थान: सुमंगल टोल, इटहरी–७

सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध।

– सचिव
वसन्तराज पोखरेल
परिवर्तन एक अभियान

 

← Homepage